मुकुन्दशरण परिषदमा कृष्ण

समाधान संवाददाता २०७८ वैशाख १३ गते ८:२५

समाधान संवाददाता, पोखरा

मुकुन्द शरण वाङ्मय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिबेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आइतबार भएको परिषद्को उपाध्यक्षमा लोकमणि पौडेल, महासचिवमा बलराम पौडेल, सचिव देवु गौतम, कोषाध्यक्ष भुवनेश्वर शर्मा र सहसचिव कालिचरण पराजुली छन् ।

Advertisement

सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा केसी, प्रेमराज पाहारी र मोहनराज पौडेल चुनिए ।

कार्यक्रममा महाकाव्यकार जनार्दनशरण त्रिपाठी, हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणि त्रिपाठी, शिव त्रिपाठी, परिषद्का उपाध्यक्ष देवुकृष्ण काफले, महासचिव डा बलराम अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया