खैरे कुकुरको हत्यारालाई कारवाही माग

समाधान संवाददाता २०७८ वैशाख १३ गते १८:३८

काठमाण्डाैं, रासस ।

खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए ।

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Advertisement

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिनुभयो । नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र रु पाँच हजार जरिवाना हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया