पद्म नर्सिङ होम नयाँ व्यवस्थापनले चलाउने

समाधान संवाददाता २०७८ वैशाख १३ गते १९:५०

समाधान संवाददाता, पोखरा ।

पद्म नर्सिङ होम प्रालि पोखरा ३ नदिपुरका संस्थापक तथा वर्तमान ७९ प्रतिशत सेयरधनीहरुले आवश्यक कानुनी प्रक्रिया पु¥याएर नर्सिङ होम सञ्चालन र व्यवस्थापन गर्ने जनाएका छन् ।

त्यसका लागि विशेष साधारण सभा गरी नयाँ सञ्चालक समिति चयन गरिने सञ्चालक नरेन्द्र बास्तोलाले जानकारी दिए । उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा हाल कायम रहेको कुल सेयर पुँजीमध्ये ७९ प्रतिशत सेयरधनीहरुले अबको १५ दिनपछि सोही कार्यालयमा गएर नसिङ होमलाई अद्यावधिक गरेर काम थाल्ने जानकारी दिए ।

Advertisement

नर्सिङ होमको पछिल्लो समयमा देखा परेका विवादका विषयमा सेयरधनी, कर्मचारी, जनमानस, बैंक तथा वित्तीय संस्था र सरकारी निकायलाई जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा प्रवन्ध निर्देशक डा यज्ञमान शाक्य समेतको समूहले कम्पनी रजिस्ट्रारको कार्यालयलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको उल्लेख गरे ।

‘सो कार्यालयलाई समेत मुद्दा परेकाले हामीलाई १५ दिन कुर्न भनेको छ,’ उनले भने, ‘अबको १५ दिनपछि रजिस्ट्रारको कार्यालयमा गएर विधिवत रुपमा नदिपुरमा अस्पताल सञ्चालन गर्ने छौं ।’ उनले वर्तमान सञ्चालक समितिको अन्तरिम आदेशको माग दाबीलाई उच्च अदालत पाटन र उच्च अदालत पोखराले अस्वीकार गरी ७९ प्रतिशत सेयरधनीका पक्षमा फैसला गरी नयाँ कार्यसमिति चयनका लागि बाटो खुला गरेको जानकारी दिए ।

Advertisement

नर्सिङ होमका संस्थापक डा कालु शर्मा सुवेदीले वर्तमान विषम परिस्थितिमा बहुमत सेयरधनीले सहमतिमा साधारण सभा गरी नयाँ सञ्चालक समिति बनाउन माग गरेको स्मरण गरे । सहमति अनुसार साधारण सभा आह्वान नगरेका कारण ७९ प्रतिशत सेयर अंश रहेका १० सञ्चालकहरु कम्पनी रजिस्ट्रारको कार्यालय गएको जानकारी दिँदै उनले वर्तमान सञ्चालक समितिले ४ वर्षयता कम्पनी रजिस्ट्रारको कार्यालयमा अद्यावधिक नगरेको दाबी गरे ।

उनले रजिस्ट्रारको कार्यालयमा कुनै विवरण नबुझाउनेदेखि प्रालिको कर्जाबापत नियमित रुपमा बुझाउनुपर्ने मासिक किस्ता नियतवस नबुझाएर लिलामीको अवस्थामा पु¥याएको दाबी गरे । ‘वर्तमान समितिले ४ वर्षदेखि आन्तरिक राजस्व कार्यालयमा आय दाखिला गरेको छैन,’ डा शर्माले भने, ‘स्वास्थ्य निकायमा अस्पतालको नवीकरण समाप्त भएको १ वर्ष पुग्न लागेको छ ।

पद्म नर्सिङ कलेजसमेत नवीकरण नगरेर १ वर्षयता विद्यार्थी भर्ना हुन पाएका छैनन् ।’ उनले स्कुल अफ नर्सिङ चलाउन ५० शड्ढयाको अस्पताल चाहिने जानकारी दिए । ५० शड्ढयाको अस्पतालका लागि आफ्नै जग्गा चाहिने उल्लेख गर्दै डा शर्माले न्युरोडको भाडामा सम्भव नभएकाले नदिपुरमा सार्नुको विकल्प नभएको बताए ।

बहुमत सेयरधनीहरुले कसैलाई पनि अवरोध गर्न खोजेको नभई कम्पनी रजिस्ट्रारको कार्यालय र सम्मानित अदालतबाट प्रमाणित गरेर ल्याउने समयसम्ममा सम्बन्धित निकायलाई असली वित्तीय विवरणका आधारमा साधारण सभाको वैधानिकता जाँच गरी कारोबार गर्न अनुरोध गरेका छन् । नर्सिङ होमका सञ्चालकहरु डा नारायण गौतम र इन्दिरा शर्मा सुवेदीले अदालतको आदेश र कम्पनी रजिस्ट्रारको कार्यालयको निर्देशन अनुसार सबै विधि र प्रक्रिया अपनाएर नयाँ सञ्चालक समितिले नर्सिङ होम चलाउने उल्लेख गरे ।



तपाईको प्रतिक्रिया