अपांगलाई कुखुराका चल्ला

समाधान संवाददाता, पोखरा
अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा विउ पुँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ ।
नेपाल अपांग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अति विपन्न एवं असक्त १५ परिवारलाई ३ सय चल्ला वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको १ लाख ६० हजार आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा संघका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त (बाग्दास) ले जानकारी दिए ।
विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपांगता भएकालाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय सङकल्पलाई पुरा गर्नेतर्पm लाग्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा कष्टकर जीवन विताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपांगता भएका व्यक्तिलाई बिउ पुँजी अन्तर्गत कुखुराका चल्ला वितरण गरे ।
उनले विउ पुँजी संरक्षण गर्दै थप आयआर्ज गरी जीविकोपार्जन सहज बनाउन आग्रह गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की संयोजक बोधराज कार्कीले सपांगले अपांगलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङ लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया