गण्डकीका सांसदकाे काेराेना परिक्षण गरिने, संक्रमितले बाेल्न नपाउने भाेट हाल्न पाउने

समाधान संवाददाता २०७८ वैशाख १४ गते १५:३७

समाधान संवाददाता, पाेखरा ।

लामै समयकाे छलफलपछि गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन सांसदहरुकाे पिसिआर परिक्षण गरेपछि बस्ने सहमति भएकाे छ ।

सत्तारुढ एमाले सांसदहरुले पिसिआर परिक्षणबिना संसद चल्न नदिएपछि आजकाे बैठक स्थगित भएकाे थियाे ।

Advertisement

सभामुखकाे कार्यकक्षमा आजै बसेकाे प्रदेश सभा कार्य व्यवस्था समितिकाे बैठकले आजै सबै सांसदकाे पिसिआर परिक्षण गर्ने भन्दै बैठक भाेलि १ बजेसम्मका लागि स्थगित गरेकाे छ ।

आज स्वाब संकलन गरेमा भाेलिसम्ममा रिपाेर्ट आउने भएकाले दलहरुबीच यस्ताे सहमति जुटेकाे हाे ।

Advertisement

बैठकले यदि कुनै सांसदमा काेराेना रिपाेर्ट पाेजेटिभ आएमा उनीहरुलाई मुख्यमन्त्री विरुद्धकाे अविश्वासकाे प्रस्तावमा छलफलमा सहभागी हुन निदने र मतदान गर्न भने दिने सहमति पनि कार्य व्यवस्था परामर्श समितिकाे बैठमा जुटेकाे छ ।

तपाईको प्रतिक्रिया