तारापतिको मार्मिक गीत‘घाम चर्केको छ’

समाधान संवाददाता २०७८ वैशाख १४ गते १६:४३

समाधान संवाददाता, पोखरा

पछ्यौरी लिस्यो.. पछि चर्चित मोडलहरु अञ्जली अधिकारी र विमल अधिकारीले अभिनय गरेको गायक तारापति सुवेदीको मार्मिक लोकदोहोरी गीत ‘घाम चर्केको छ’को म्युजिक भिडियो भर्खरै बजारमा आएको छ ।

गायक सुवेदीको लय, शब्द र स्वर रहेको गीतमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

Advertisement

म्युजिक भिडियोमा मोडल अञ्जली र विमलको दमदार अभिनय रहेको गायक सुवेदीले बताए । उनले गीतमा लय शब्द र स्वर लगायत सबै पक्ष उत्कृष्ट रहेको दाबी गरे ।

‘जनवादी, देशभक्तिपूर्ण सन्देशमुलक,मनोरञ्जनात्मक किसिमका गीतहरु मेरो प्राथमिकतामा पर्छन्,’उनने भने, ‘स्रोता तथा दर्शकलाई नाच्ने नचाउने भन्दा समय सापेक्ष, देश काल र परिस्थिति अनुसार यसपटक वियोगान्त गीत पस्केको छु ।’

Advertisement

उनले अहिलेको सन्दर्भमा युवा युवतीको चाहना, इच्छा पूरा नहुने, माया प्रेममा असफलता भएका घटनालाई भावुक भएर प्रस्तुत गरेको जानकारी दिए ।

उनले नेपाली लोक दोहोरी गीतको मौलिकतालाई जोगाउँदै कलात्मकता र दुवै मोडलको उत्कृष्ट अभिनय रहेको बताए ।

दीपक अधिकारीले निर्देशन गरेको भिडियोको हरिश महरा छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन् । तारापति सुवेदीले आफ्नै युटयुब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया