११३ संक्रमित थपिए, २ को मृत्यु

समाधान संवाददाता २०७८ वैशाख १४ गते १६:४६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोनाले २ जनको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँ र गोरखाका १÷१ संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुष संक्रमित छन् ।

Advertisement

वैशाख ८ गते संक्रमण देखिएका उनको मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।

उनमा निमोनियासँगै मुटुको समस्या थियो । गोरखाको पालुङटार नगरपालिका–५ का ६७ वर्षीया महिलाको उपचारका क्रममा आज ज्यान गएको हो । उनमा सोमबार कोरोना पुष्टि भएको थियो ।

Advertisement

गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१७ पुगेको छ । मंगलबार प्रदेशमा ११३ संक्रमित थपिएका छन् ।

थपिनेमा कास्कीका मात्रै ९७ जना छन् । बागलुङमा ४, नवलपुर, तनहुँमा ३÷३, स्याङ्जा, पर्वतमा २÷२ संक्रमित थपिँदा म्याग्दी र लमजुङमा १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ५१ पुगेको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया