नेत्रहीन फाउन्डेसनलाई सहयोग

समाधान संवाददाता
पोखरा, १४ वैशाख
नेत्रहीन विद्यार्थीलाई अमेरिकामा रहेका नेपालीबाट सहयोग जुटेको छ । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा अध्ययन गरी हाल अमेरिकामा रहेका पूर्वविद्यार्थीले फाउन्डेसन फर नेप्लिज ब्लाइन्ड स्टुडेन्टस् नेपालमा आवद्ध विद्यार्थीलाई सघाउन विवेक थापाको संयोजकत्वमा आर्थिक सहयोग जुटेको हो ।
अमेरिकाको सान्फ्रान्सिस्कोमा रहेको लायन्स क्लब अफ सान लिन्ड्रो मनकामनाका करेन्ट प्रेसिडेन्ट प्रमोदकुमार जोशीको संयोजकत्वमा ४ सय डलर, लायन्स लालीगुराँस ब्रिक्लीका चार्टर प्रेसिडेन्ट निर्मलकुमार फुँयालको संयोजकत्वमा ४ सय डलर संकलन भएको हो । जिबिएसका पूूूूर्व विद्यार्थीबाट १५ सय डलर संंकलन भएको थियो । संकलित रकम २ हजार ३ सय डलर चन्द्रकान्त धितालमार्फत् संस्थालाई प्राप्त भएको हो । यसरी सहयोग गर्नेहरुमा प्रदीप त्रिपाठी, मिलन थापा, राजन थापा, स्मारिका श्रेष्ठ, असीम लामिछाने, रोशन थापा, सुमिश खड्का, मोहन आचार्य, अञ्जु रञ्जित, अनुप श्रेष्ठ, प्रशन गुरुङ, यामबहादुर गुरुङ, सुनील भट्टराई, देवराज पौडेल, विवेक थापा, समीर देवकोटा र सञ्जय धिताल छन् ।
संस्थाका कार्यक्रम संयोजक शिवलाल धितालले सबै सहयोगदातालाई धन्यवाद दिँदै सहयोग रकम नेत्रहीनको कल्याण र विकासका लागि प्रयोग हुने बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया