कास्कीमा सुरु भयो निषेधाज्ञा

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमण बढेपछि कास्कीमा निषेधाज्ञा सुरु भएको छ । २१ वैशाख राति १२ बजेसम्म रहने गरी बुधबार बिहान ६ बजेदेखि कास्कीमा निषेधाज्ञा लागु भएको हो ।
यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर हिँड्डुल गर्न पाइँदैन । एम्बुलेन्स, दमकल, खाद्यान्न, दूध, तरकारी, निर्माण सामग्री बोक्ने गाडीसहित अत्यावश्यक सवारी चलाउन पाइन्छ । सार्वजनिक तथा निजी सवारी जोरबिजोर (जोर गते जोर र बिजोरमा बिजोर) मात्र चलाउन पाइनेछ ।
फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन । औषधी पसल भने २४ सै घन्टा खोल्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्रै खोल्न पाइनेछ ।
होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधामात्रै सञ्चालन गर्न पाउने प्रजिअ गौतमले बताए । बैंक तथा वित्तीय संस्थाले पनि नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी सिमित कर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्न पाउने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
कास्कीमा पछिल्लो २ सातायता कोरोना संक्रमण ह्वात्तै बढेको छ । अहिले कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कास्कीमा कुल ९ हजार ३ सय ७ जना संक्रमितमध्ये १ सय २० जनाको मृत्यु भएको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया