दुबै डाेज खोप लगाएका बाग्लुङका दुई स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

समाधान संवाददाता २०७८ वैशाख १५ गते ८:०२

गलकाेट, बाग्लुङ, रासस ।

कोरोनाविरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा दुई स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

Advertisement

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाए पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । “खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन”, घिमिरेले भन्नुभयो, “जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।” चौध जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै सङ्ेक्रमित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ ।

चौध जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै सङ्ेक्रमित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया