प्रदेश सभाका ३ सांसदलाई कोरोना

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । काेराेना रिपाेर्ट पाेजेटिभ आउने सांसदमा सत्तारुढ दल एमालेका राजीव पहारी र प्रभा काेईराला छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मनकुमारी गुरुङ छन् ।
संसद सचिवालयकी १ कर्मचारीमा पनि काेराेना संक्रमण पुष्टी भएकाे छ ।
हिजाे एमाले सांसद राजीव पहारीले नै प्रदेश सभासद र सचिवालयका कर्मचारीकाे काेराेना परिक्षण गरेर मात्र संसद चलाउन माग गरेका थिए । लगत्तै संसद अवरुद्ध भएकाे थियाे ।
त्यसपछि सबैकाे स्वाब संकलन गर्ने सहमति भए अनुसार हिजै स्वाब संकलन गरेर प्रयाेगशालामा पठाइएकाे थियाे । ती मध्ये ४ जनामा काेराेना संक्रमणकाे पुष्टी भएके हाे ।
सांसदहरुले भने आआफ्नो कोरोना रिपोर्ट पाइसकेका छन् । एमाले सांसद इन्द्रधारा विष्टले आफूहरुले कोरोना रिपोर्ट पाएको बताए । ‘हामीले आआफ्नो रिपोर्ट पाएका छौं, सबैको केके आयो त थाहा छैन,’ उनले भने ।
परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।
बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन डाकिएको छ ।
मंगलबार एमाले सांसदहरु बैठकको सुरुआतमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राखिन नहुने तर्क गरेका थिए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया