अविश्वास प्रस्तावमा आजै मतदान

समाधान संवाददाता २०७८ वैशाख १५ गते १३:५७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ ।

सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ ।

मंगलबारको बैठकमा नेकपा एमाले सांसदले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने भन्दै अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया