मनाङका जनताले गुरुङ सरकारकाे विरुद्धमा मतदान गर्न दिएनन्– दीपक मनाङे

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङका जनताकाे दवावका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे विपक्षमा मतदान गर्न नसकेकाे बताएका छन् ।
आज गण्डकी प्रदेशकाे विशेष अधिवेशनेकाे तेश्राे बैठकमा अनुपस्थित रहेका सांसद मनाङेले समाधान संवाददातालाई टेलिफाेन गर्दै आफू मनाङकै मतदाताले जिताएकाे व्यक्ति भएकाले उनीहरुकाे भावना भन्दा विपरित जान नसक्ने बताए ।
दिपक मनाङे नामले परिचित सांसद राजीव संसदमा अनुपस्थित रहेपछि खाेजी भैरहेकेा छ । उनी दुवै माेवाइलकाे स्वीच अफ गरेर बसेका छन् ।
हाे, मैले याे सरकारकाे विरुद्ध मतदान गराैं कि भन्ने मानसिकता बनाएकाे थिए र त्यही अनुसार अविश्वास प्रस्तावकहरुलाई सहयाेग गर्ने बचन दिएकाे थिए, तर मेरा जनता पाेखरा आएरै मलाई अहिलेकै सरकारलाई सहयाेग गर्न दवाव दिए, मेरा जनताले दिएकाे दवाव मैले स्वीकार्नै पर्याे– सांसद गुरुङले समाधानसँग भने ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया