सांसद खिमविक्रम शाही काेराेना संक्रमित, चरक अस्पतालमा भर्ना

समाधान संवाददाता २०७८ वैशाख १५ गते १७:२९

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशकाे विशेष अधिवेशनमा अनुपस्थित सांसद खिमविक्रम शाही पाेखराकाे चरक मेमाेरियल हस्पिटलमा भर्ना भएकाे पाइएकाे छ ।

अस्पताल उच्चश्राेतले दिएकाे जानकारी अनुसार उनलाई काेराेना संक्रमण भएकाे छ । सांसद शाहीलाई काेराेनाका बिरामी राख्ने कक्षमा राखेर उपचार गरिएकाे छ ।

Advertisement

आइसियुमा हाेईन काेराेना कक्षमा राखेर उपचार गरिरहेका छाैं, अक्सिजनकाे लेबल कम रहेकाले अक्सिजन दिइरहेका छाैं– अस्पतालका एक उच्च अधिकारीले समाधानसँग भने ।

Advertisement

तपाईको प्रतिक्रिया