च्यापियन लिगमा पिएसजी उसकै मैदानमा पराजित

समाधान संवाददाता २०७८ वैशाख १६ गते ७:४७

एजन्सी ।

शानदार पुनरागमन गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई पराजित गरेको छ ।

म्यानचेस्टर सिटीले पिएसजीलाई उसकै मैदानमा २–१ ले पराजित गरेर फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

Advertisement

१५ औँ मिनेटमा मार्क्वीन्होसको गोलबाट पिएसजीले सुरुवाति अग्रता लिएको थियो ।

पहिलो हाफमा पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा बराबरी तथा जितका लागि आवश्यक गोल गरेको हो । ६४ औँ मिनेटमा केविन डी ब्रूयनाले सिटीका लागि बराबरी गोल गरे ।

Advertisement

७१ औँ मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीको जित निश्चित भएको हो । ७७ औँ मिनेटमा गुआइ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो लेगमा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ । सो खेलमा सिटी अवे मैदानको जितले बलियो अवस्थामा घरेलु मैदानमा खेल्ने छ ।

तपाईको प्रतिक्रिया