बाबुरामकाे भाेलि शल्यक्रिया गरिदै

समाधान संवाददाता २०७८ वैशाख १६ गते ७:५५

समाधान संवाददाता, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको भाेलि शल्यक्रिया गरिने भएकाे छ । उनकाे न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुने उनकाे सचिवालयले जनाएकाे छ । भट्टराई आजै अस्पताल भर्ना हुनेछन् ।

Advertisement

ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया