खानेपानी आयोजनालाई मुक्तिनाथको सहयोग

समाधान संवाददाता २०७८ वैशाख १६ गते ८:१६

पोखरा, १४ वैशाख

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सहयोग गरेको छ ।

उपभोक्ता संस्थाले व्यास नगरपालिकाका विभिन्न वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । बैंकले संस्थालाई ५० हजार प्रदान गरेको हो ।

Advertisement

यो रकमबाट संस्थाले व्यास ४ जुडिपानीमा रहेको खानेपानी प्रशोधन केन्द«मा तारबार गर्ने भएको छ ।

मुक्तिनाथले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कभित्रका जुनसुकै बैंकका एटिएमबाट बिना शुल्क रकम निकाल्न पाउने व्यवस्था गरेको छ ।

Advertisement

मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा काम घरबाट नै गर्न सकिने प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया