जनमाेर्चाकाे प्रश्नः हाम्रा सांसदलाई बन्दी जस्तै अस्पतालमा किन राखेकाे

समाधान संवाददाता २०७८ वैशाख १६ गते ९:५५

समाधान संवाददाता, पाेखरा ।

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसदलाई बन्दी जस्तै अस्पतालमा थुनेकाे आराेप लगाएकाे छ ।

पार्टीले वक्तब्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग समेत गरेकाे छ ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछ

तपाईको प्रतिक्रिया