दैनिक १ हजार मुस्ताङी घर फर्किदै

समाधान संवाददाता २०७८ वैशाख १६ गते १३:०१

समाधान संवाददाता, जोमसोम ।

कोरोनाको दोस्रो लहर बढेसँगै काठमाडौं उपत्यकामा बिहीबारदेखि १ हप्ताका लागि निषेधाज्ञा सुरु हुँदै छ । यस्तै,गण्डकी प्रदेशको पोखरामा समेत निषेआज्ञा लगाइएको छ । काठमाडौं र पोखरामा निशेषआज्ञा जारी भएसँगै त्यहाँ विभिन्न व्यापार, व्यवसाय गरी बसेका मुस्ताङी घर फर्किन थालेका छन् ।

मुस्ताङको मुक्तिनाथ ११ वैशाखदेखि बन्द भए पनि अहिले दिनहुँ सयौं यात्रु म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेको प्रहरी चौकी घासाले जानकारी दिएको छ । म्याग्दी र मुस्ताङको सीमान घासामा रहेको प्रहरी चेकपोस्टका इन्चार्ज मीनबहादुर कार्कीले म्याग्दी हुदै दैनिक करिब हजार जना मुस्ताङ भित्रिने गरेको बताए ।

Advertisement

मुक्तिनाथ बन्द भएयता ४ हजार मानिस मुस्ताङ भित्रिएको उनको भनाइ छ । सहरी क्षेत्रमा कोरोनाको त्रास बढेसँगै मुस्ताङी गृह जिल्ला फर्किने क्रम बढेको हो । कोरोना जोखिमका कारण मुक्तिनाथ मन्दिर बन्द भए पनि केही आन्तरिक पर्यटकसमेत मुस्ताङ भ्रमण गर्न आएका छन् ।

जिल्ला सिसिएमसी वैशाख ८ गते बैठकले मुक्तिनाथ मन्दिर बन्द गरेसँगै मुक्तिनाथको मुख्य प्रवेशद्वार पूर्ण रुपमा बन्द भएको छ । दर्शनका लागि मुक्तिनाथ पुगेका धार्मिक पर्यटकले बाहिरैबाट दर्शन गर्ने गरेको स्थानीय बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया