साढे ५ केजी गाजासहित पक्राउ

समाधान संवाददाता २०७८ वैशाख १६ गते १३:२४

समाधान संवाददाता, पाेखरा ।

कास्की प्रहरीले सवारी चेकजाँचका क्रममा एक जनालाई साढे ५ केजी गाँजासहित नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले भण्डारढिकबाट तालचोकतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० वर्षीय रोशन गुरुङलाई पक्राउ गरेको हो ।

Advertisement

पोखरा २७ तालचोक बस्ने गुरुङविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया