जनेमाेर्चाका महासचिव मनाेज पाेखरा आउदै
समाधान संवाददाता
२०७८ वैशाख १६ गते १३:३७

समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय जनमाेर्चाका महासचिव मनाेज भट्ट पाेखरा आउदैछन् । उनलाई गण्डकी प्रदेश सदस्य खिमविक्रम शाही प्रकरणकाे छानविन गर्ने जिम्मेवारी सहित उनी पाेखरा आउदै छन् ।
यिनै महासचिव भट्ट पाेखरा आएर कृष्णबहादुर थापा लगायतका सांसदहरुलाई अविश्वासकाे पक्षमा मतदान गर्न सहमत गराएर काठमाण्डाैं फर्केका थिए । तर बुधबार सांसद खेमविक्रम शाही बैठकमा अनुपस्थित भएपछि खैलाबैला भएकाे थियाे ।
हाल उनी चरक अस्पतालकाे काेराेना उपचार कक्षमा उपचारार्थ भर्ना भएका छन् ।
उनी साँच्चिकै बिरामी भएका हुन् वा नाटक गरेकाे हाे भन्ने पत्ता लगाउने जिम्मा महासचिवले पाएका हुन् ।
सांसद शाहीकाे लाइफ केयर र पश्चिमाञ्चल प्रयाेगशाला ल्याबबाट काेराेना परिक्षणकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया