मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

एसके थकाली, जोमसोम
मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो ।
बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।
मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेका अनुसार एन्टिजेन परीक्षण गर्दा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गर्दै जिल्लामा आज डिसिसिएमसीको बैठक बसेर जिल्लालाई कसरी सुरक्षित बनाउने भन्ने योजना बनाइने बताइन् ।
कोरोनामुक्त रहेको मुस्ताङमा पछिल्लो हप्तायता संक्रमित भेटिन थालेका छन् । मुस्ताङमा अहिले ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
सरकारले कोरोना परीक्षणका लागि एन्टिजेन प्रविधिलाई मान्यता दिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले कोरोना लक्षण भएका व्यक्तिलाई एन्टिजेन परीक्षण मार्फत संक्रमित भएरनभएको पत्ता लगाउने अधिकार सुनिश्चित गरेको जोमसोम अस्पतालले जनाएको छ । तर, धेरै हदसम्म कोरोनाको जस्तै लक्षण देखिने तर एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा त्यस्ता बिरामीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पोखरा पठाउने निर्देशन भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल जोमसोमले एन्टिजेन परीक्षण गरिएका व्यक्तिको पीसीआर गर्दा ८० प्रतिशत व्यक्तिको रिपोर्ट सही देखाउने उल्लेख गरेको छ । यो परीक्षण गर्दा बिरामीको रिपोर्ट ३० मिनेटमै नतिजा निकाल्न सक्छ ।








पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया