गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख १७ गते १३:२२

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की र स्याङ्जाका १/१ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका ६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पोखराका संक्रमितको चरक मेमोरियल अस्पताल र स्याङ्जाका संक्रमितको मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति मृत्यु भएको निर्देशक डा. शर्माले बताए ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ३८८ पुगेको छ । तीमध्ये १६ हजार ८१० जना निको भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया