सांसद शाही घटनाको निष्पक्ष छानबिन गर्न नागरिक समाजको माग

समाधान संवाददाता, पोखरा
नागरिक समाज कास्कीले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही बेपत्ता घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र निष्पक्ष छानबिन गर्न माग गरेको छ । समाजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेको हो ।
‘यसबीचमा घटेका परिघटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी प्रदेश सभाको स्थगित विशेष अधिवेशनलाई प्रक्रियाबमोजिम अघि बढाई विद्यमान राजनीतिक गतिरोधको अन्त्य त्यहीँबाट गर्न अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएकै दिन गत बुधबार सांसद शाही बेपत्ता भएका थिए । पछि उनी पोखराकै एउटा निजी अस्पतालको आइसियुमा भेटिए र कोरोना पोजेटिभ भएको भनियो ।
एकैदिन दुईथरी रिपोर्ट आएपछि सांसद शाही मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगाउन लागेको आशंक गरिएको छ । तर, उनले बिहीबार विज्ञप्ति निकालेर आफू पार्टी र संसदीय दलको निर्देशन अनुसार अघि बढ्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया