गण्डकीमा कोरोनाबाट थप ३ जनाको मृत्यु, २७४ संक्रमित थपिए

समाधान संवाददाता २०७८ वैशाख १७ गते २२:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ । मुस्ताङ, कास्की र स्याङ्जाका १/१ संक्रमितको शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्यु पुष्टि गरेसँगै मृतक संख्या २२४ पुगेको हो ।

कास्कीको पोखरा महानगरपालिका ६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका ४ की ७२ वर्षीया वृद्धको मृत्यु भएको हो ।

Advertisement

कास्कीका संक्रमितको चरक मेमोरियल अस्पताल, स्याङ्जाका संक्रमितको मणिपाल शिक्षण अस्पताल र मुस्ताङका संक्रमितको जिल्ला अस्पताल मुस्ताङमा बिहीबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा शुक्रबार २७४ जनामा कोरोना पुष्टि भयो । कास्कीका १६३, गोरखाका ४३, बागलुङका २३, नवलपुरका १७, स्याङ्जा र म्याग्दीका ९/९, तनहुँका ७, पर्वतका २ र लमजुङका १ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६४५ पुगेको छ । तीमध्ये १६ हजार ८८२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया