स्याङ्जाको गल्याङमा भोलिदेखि निषेधाज्ञा
समाधान संवाददाता
२०७८ वैशाख १८ गते १२:५९
समाधान संवाददाता, पोखरा
गल्याङ नगरपालिका स्याङ्जाले निषेधाज्ञा लगाउने निर्णय गरेकाे छ ।नगर कार्यपालिकाको शनिबार बसेको बैठकले कोरोना संक्रमणबाट जोगिनुपर्ने भएकाले १९ देखि २५ वैशाखसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहेक कुनै पनि पसल, व्यवसाय सञ्चालन गर्न पाइँदैन । औषधी पसल भने खुल्ला रहने छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए गल्याङ नगर अस्तालमा सम्पर्क गर्न नगरप्रमुख भूपराज अधिकारीले आग्रह गरेका छन् । सो अस्पतालमा अक्सिजनसहित ५० बेड तयार भइरहेको र एम्बुलेन्स तयार रहेको उनले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया