राजमोका सांसद शाही र थापाबीच अस्पतालमा भेटवार्ता

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमण भएर चरक अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अर्का सांसद कृष्ण थापाले भेटेका छन् ।
गण्डकी प्रदेशमा राजमो संसदीय दलका नेता थापाले शाहीलाई शनिबार अस्पताल पुगी सामाजिक दुरीसहित भेटेका हुन् ।
थापाले फेसबुकमा अस्पतालमा बसिरहेका शाही र अस्पतालको फोटो राखेर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शाहीलाई भेट्न नपाएको गुनासो राजमोका नेताहरुले गर्दै आएका थिए । अस्पतालले भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङलाई पनि भेट्न दिएको थिएन । संक्रमित बिरामीलाई कसैले पनि भेट्न नमिल्ने भनेर अस्पतालले भनेको थियो ।
राजमो सांसद थापालाई समाधानको प्रश्न थियो भेट्न पाउनुभएछ त ? उनले भने, ‘खै मेलै भेटेँ त ।’
सामाजिक दुरी कायम गरी शाहीलाई भेटेर कुराकानी गरेको जानकारी थापाले दिए । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै आएको पनि थापाले सुनाए । उनले भने, ‘पहिलाजस्तो घुमाउने (चक्कर लाग्ने) कम भएको रहेछ ।’
सांसद शाहीसँग राजनीतिक कुराकानी पनि भएको जानकारी थापाले समाधानलाई दिए । उहाँको धारणा के रहेछ त भन्ने जिज्ञासामा थापाले भने, ‘त्यो त वक्तव्यमा जे आयो त्यही ।’
सांसद शाहीले १६ वैशाखमा वक्तव्य जारी गरी आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेस अविश्वास प्रस्तावमा मतदान निर्धारण गरिएको १५ वैशाखको संसद बैठकमा शाही अनुपस्थित भएका थिए ।
त्यही कारण देखाउँदै सभामुख नेत्रनाथ अधिकारीले मतदान प्रक्रिया सुरु नगरी बैठक अन्त्य गरेका थिए । शाही अस्पताल भर्ना भएको भने सोही दिन सार्वजनिक भएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया