एथ्लेटिको मड्रिडकाे कठिन जित

समाधान संवाददाता २०७८ वैशाख १९ गते ६:५१

एजेन्सी

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले कठिन जित हार पारेकाे छ । यद्यपी जित निकाल्दै उपाधी हाेडमा आफूलाई अग्रस्थान मै राखेकाे छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले एल्चीलाई १–० ले पराजित गरेको छ ।

Advertisement

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि २३ औँ मिनेटमा मार्कस लोरेन्तेले गरेको गोल नै निर्णायक बन्यो ।

एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

Advertisement

विजयी भएको शीर्ष स्थानको एथ्लेटिकोको ३४ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ७४ तथा तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७१ अंक छ ।

तपाईको प्रतिक्रिया