दलहरुसँग छलफल थाल्दै सभामुख

समाधान संवाददाता २०७८ वैशाख १९ गते ७:१०
kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o'Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z'qmaf/b]lv ;'? b'O{ lbj;Lo cGt/;ef cg'ej cfbfgk|bfg tyf cGt/lqm{ofdf af]Nb} u08sL k|b]zsf ;efd'v g]qgfy clwsf/L . t:jL/ M xl/ af:tf]nf÷/f;;

सामान्य परिस्थितिमा संसदमा केही सांसद अनुपस्थित हुँदा चल्ने गरे पनि विशेष परिस्थिति भएका कारण सदन स्थगित गर्नुपरेको स्पष्टोक्ति

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले विशेष अधिवेशनको बैठक डाक्न दलहरुसँग छलफल थाल्ने भएका छन् ।

Advertisement

१५ वैशाखमा स्थगित बैठक फेरि चालु गर्न उनले आइतबारबाट दलहरुसँग छलफल थाल्ने भएका हुन् ।

सभामुख अधिकारीका अनुसार आइतबार उनले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग वार्ता गर्दै छन् ।

Advertisement

जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको र खोजेपछिमात्र बैठक राख्न जनमोर्चाकी सांसद पियारी थापाले सभामुखलाई पत्र दिएकी थिइन् ।

हराएका भनिएका सांसद शाही सोही दिन पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएको सार्वजनिक भएको थियो ।

सांसद शाहीबारे आफूले सूचना पाए पनि औपचारिक रुपमा उनी भेटिएको जानकारी लिन सभामुख अधिकारीले थापालाई छलफलका लागि डाकेका हुन् ।

‘अस्पतालमा हुनुहुन्छ भन्ने सुनेको छु, औपचारिक रुपमा दलको धारणा लिन कृष्ण थापालाई डाकेको छु,’ सभामुख अधिकारीले भने ।

१५ गतेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।

निर्णायक भनिएको राष्ट्रिय जनमोर्चका सांसद शाही बैठकमा अनुपस्थित हुँदा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फेल हुने सम्भावना थियो । सो दिन अविश्वास फेल हुने भएपछि आफूविरुद्ध षड्यन्त्र गरेर मतदान रोक्न बैठक नै स्थगित गरिदिएको मुख्यमन्त्री गुरुङको आरोप छ ।

‘बिनाकारण, बिना औचित्य, बिना सन्दर्भ प्रदेश सरकारलाई हटाउन उहाँहरुले साजिस गर्नुभयो,’ उनले भनेका छन्, ‘एकजना साथी आएन भनेर सभामुखले जे गर्नुभाछ, पक्षपातीपूर्ण कार्य गर्नुभाछ, एउटा पार्टीको कार्यकर्ता भएर काम गर्नुभाछ ।’

यता, सभामुख अधिकारीले आफू दलगत हिसाबबाट नचलेको दाबी गरे । ‘म कुनै पार्टीको भएर निर्णय गरेको होइन, मानवताको हिसाबले सदन रोकें किनकी शाहीको अवस्था अज्ञात छ भनिएको थियो,’ सभामुख अधिकारीले भने ।

आफूले सोही दिन बैठकबारे छलफल गर्न चाहे पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ सांसद तथा मन्त्री अनुपस्थित भएको सुनाए ।

विशेष अधिवेशनमा १ सांसद अनुपस्थित भएर सदन स्थगित हुनुले नजिर बस्छ भन्नु गलत रहेको उनले बताए । सामान्य परिस्थितिमा संसदमा केही सांसद अनुपस्थित हुँदा चल्ने गरे पनि विशेष परिस्थिति भएका कारण सदन स्थगित गर्नुपरेको उनको स्पष्टोक्ति छ ।

‘उहाँ अनुपस्थितमात्र हो कि, विशेष अवस्थामा अनुपस्थित हो ? त्यहीमाथि सदन रोक्ने, बन्द गर्ने अधिकार सभामुखको होला नि ?,’ उनको प्रश्न छ ।

आफूले केही दिनभित्रै सबै दलसँग बैठक सक्ने र सदन डाक्ने उनले जानकारी दिए । त्यसपछिको बैठकमा पनि अवरोध सिर्जना भए संसदीय व्यवस्थाले दिने उपाय प्रयोग गरेर अघि बढ्ने योजना उनले सुनाए ।

‘बैठक सत्तापक्षले नै अवरोध गरेको थियो, अब केही दिनमा छलफल सकेर बैठक डाक्छु,’ उनले भने, ‘म संसदीय व्यवस्था मान्ने त होइन, तर संसदीय व्यवस्थाको प्रक्रिया अनुसार बैठक बढाउँछु ।’

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी सभामुख कार्यव्यवस्था परामर्श समितिलाई अटेर गरेर अघि बढेको बताउँछन् । पहिला पनि सामान्य रुपले समितिलाई अटेर गरे पनि अहिले विधि, विधानभन्दा माथि उठेर सभामुखले काम गरेको उनले सुनाए ।

‘पहिला १० मिनेट स्थगित भन्नेमा उहाँले १५, २० मिनेट गर्नुन्थ्यो, हामी सामान्य नै हो भनेर छाड्थ्यौं,’ उनले भने, ‘अहिले त कार्य व्यवस्थालाई अटेर गरेर विधि विधानमाथि उठ्नु भयो ।’

अब विशेष अधिवेशनको औचित्य नरहेको र अविश्वास प्रस्ताव मरिसकेको प्रमुख सचेतक अधिकारीले दाबी गरे । अविश्वास प्रस्तावमा छलफल गर्न अधिवेशन डाकिएको र कार्यसूची नै पूरा नगरी स्थगित भएकाले अब प्रस्ताव मरेको उनको दाबी छ ।

‘विशेष उद्देश्यले विशेष अधिवेशन डाकिएको थियो, कार्यसूचीमा भएको अविश्वास प्रस्तावमा मतदान नगरी बैठक स्थगित भयो,’ उनले भने, ‘विषयसूची नाघेर स्थगित भएपछि अब कसरी मतदानमा जान सकिन्छ, कुन कानुनले दिन्छ अब ?’

कार्यव्यवस्था परामर्शको समिति राखेर सभामुख अनुपस्थित भएको र एमाले सांसद आएनन् भन्नु झूठ भएको उनले बताए । ‘दलको बैठक पछि आउँछौं भनेर जानकारी गराएर गएको थिएँ, आउँदा त मन्त्री नआउने भनेर बैठक हुन्न भने सचिवले, त्यस्तो हुन्छ ?’ उनले सुनाए ।

कांग्रेस नेता कुमार खड्का बैठक स्थगितको विषय राजनीतिकरण गर्न खोज्नु सत्तापक्षको लाचरता रहेको बताउँछन् ।

‘न्युट्रल सांसद मतदानमा अज्ञात भएपछि बैठक स्थगित भएको हो, यसमा राजनीतिकरण गरेर नजिर बन्यो भनेर बैठक अवरोध गर्न खोज्नु लाचरपन हो, आपराधीकरण हो,’ उनले भने ।

प्रदेश सभा नियमावलीले सदन सञ्चालनको अधिकार सभामुखलाई दिएकाले अधिकारको प्रयोग गर्दै बैठक स्थगित भएको उनले बताए । ‘सदन स्थगित गर्नु त सभामुखको अधिकार हो, यसमा दलगत रुपले हेर्नु हुँदैन,’ उनले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । माओवादीका १ सांसद सभामुख भएकाले उनले मतदान गर्न पाउदैनन् ।

जनमाेर्चाले साथ दिएमा अविश्वास प्रस्तावमा ३१ सांसदको साथ छ । गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा अविश्वास प्रस्ताव पेस गरेका थिए । अविश्वास प्रस्तावमा जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन ।

कार्यसूचीमा चढेको अविश्वास प्रस्तावमा मतदान नभई बैठक स्थगित भएपछि सत्ता र विपक्षी पार्टीबीच अविश्वासमा मतदान हुने÷नहुनेमा तर्कवितर्क हुन थालेको छ ।

तपाईको प्रतिक्रिया