काएरन पाेलार्डः टि २० क्रिकेटमा एउटै खेलाडी काफी

समाधान संवाददाता २०७८ वैशाख १९ गते ८:१३

एजेन्सी

भन्छन् क्रिकेट भनेकै अनिश्चितताकाे खेल हाे । यसमा कति बेला परिणाम कता जान्छ भन्नै सकिन्न । त्यसमाथि टि २० क्रिकेट त झनै अनिश्चित हुन्छ ।

शनिबार राती आइपीएलमा यस्तै भयाे । मुम्बई ईण्डियनलाई जित्नका लागि २१९ रन बनाउनु थियाे । याे लक्ष्य कठिन हाे । खेल यति राेमान्चक बन्याे कि अन्तिम बलसम्म कसले जित्छ अनुमान गर्नै सक्ने अवस्था थिएन । विकेट पनि झरेकै थिए, रन पनि बनेकै थियाे ।

Advertisement

आईपीएलमा सबै भन्दा सफल टिम मुम्बईले आईपीएलकै इतिहासमा यति ठुलाे लक्ष्य पछ्याएर जितेकाे रेकर्ड नै थिएन । त्यसैले धेरैले राम्राे लयमा रहेकाे चेन्नई सुपरकिङ्गले जित्ने आँकलन गरिसकेका थिए ।

तर त्यसाे भएन । किर्तिमानका लागि चर्चित क्रिकेटमा अर्काे एक किर्तिमान बन्याे । काएरन पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा अविजित ८७ रन बनाएपछि चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गर्दा मुम्बई इण्डियनले सबै भन्दा ठुलाे लक्ष्य पछ्यार जित हासिल गरेकेा किर्तिमान बन्याे ।

Advertisement

आईपीएलमा मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आईपीएलमा कुनै पनि टिमले चेस गरेको यो दोस्रो ठूलो लक्ष्य हो । गत सिजन राजस्थान रोयल्सले पञ्जाब किंग्सले दिएको २२३ रनको लक्ष्य चेस गरेको थियो ।

जितका लागि मुम्बईलाई अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले चेन्नाईका लुंगी एनगिदीलाई एक छक्का र दुई चौका सहित १६ रन नै बनाए । उनले दुई बल डट खेले पनि अन्तिम बलमा दुई रन लिँदै खेल जिताए ।

पोलार्डले ३४ बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा अविजित ८७ रन बनाए । मुम्बईका लागि क्विन्टन डे ककले ३८, कप्तान रोहित शर्माले ३५ र क्रुनल पाण्ड्याले ३२ रन योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ७ बल खेल्दै २ छक्का मद्दतमा १६ रन जोडे ।

चेन्नाईका साम करनले सर्वाधिक ३ विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अद्यीले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले फाप डु प्लेसिस, मोइन अली र अम्बाटे राएडुको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

राएडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २७ बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै मोइन अलीले ३६ बलमा ५८ र डु प्लेसिसले २८ बलमा ५० रन बनाए ।

मुम्बईका काएरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १ विकेट लिए ।

जितपछि मुम्बईले ७ खेलबाट ८ अंक जोडेको छ र अंक तालिकामा चौथो स्थानमै यथावत छ । चेन्नाई ७ खेलबाट १० अंकसहित शीर्ष स्थानमै यथावत रहे पनि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको अग्रता बनाउने अवसर गुमायो । तीन टिमको समान १० अंक भएपनि चेन्नाई रनरेटमा अगाडि छ ।

तपाईको प्रतिक्रिया