मुख्यमन्त्री पाेखरेलकाे राजीनामा स्वीकृत, अब एक्लै सरकार गठन गर्ने

समाधान संवाददाता २०७८ वैशाख १९ गते ११:१२

समाधान संवाददाता, बुटबल ।

एकल सरकार गठन गर्ने याेजना सहित राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलकाे राजीनामा स्वीकृत भएकाे छ ।

मुख्यमन्त्री पोखरेलले आजै पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

Advertisement

उनकाे राजीनामा स्विकृत हुनुका साथै अर्काे सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको छ ।

राजीनामामा मुख्यमन्त्रीले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

Advertisement

आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको केही घण्टा अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान प्रदेशप्रमुख समक्ष राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूची थियो ।

तपाईको प्रतिक्रिया