एमाले स्थायी कमिटी बैंठक लगत्तै प्रधानमन्त्री ओली शितलनिवासमा

समाधान संवाददाता २०७८ वैशाख १९ गते १३:३९

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । एउटा औपचारिकता पुरा गर्न बाेलाइएकाे स्थायी कमिटी बैठकमा के निर्णय भयाे जानकारी छैन ।

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । यसले प्रधानमन्त्रीले कुनै नयाँ कदम चाल्न थालेका हुन् कि भन्ने आशंका छ ।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेकेा विभिन्न श्राेतले बताएका छन् ।

तपाईको प्रतिक्रिया