जनमोर्चाका संसदीय दलका नेता थापा र सभामुखबीच छलफल

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले दलहरुसँग छलफल थालेका छन् ।
स्थगित रहेको प्रदेश सभाको बैठक डाक्न उनले दलहरुसँग छलफल थालेका हुन् ।
आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो ।
भेटमा सभामुख अधिकारीले जनमोर्चाका ‘अज्ञात’ भनिएका सांसद खिमविक्रम शाहीको बारेमा जानकारी लिएका थिए ।
१५ वैशाखको बैठक जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै सभामुखलाई निवेदन दिएपछि अनिश्चितकालागि स्थगित भएको थियो ।
सभामुख अधिकारीलाई संसदीय दलका नेता थापाले शाही भेटिएको औपचारिक जानकारी गराएका छन् । ‘मैले जानकारी गराएँ, संसद कसरी सुरु गर्ने भन्ने बारे उहाँले दलको राय लिनुभयो,’ सांसद थापाले भने ।
भेटमा सांसद थापाले सदनको गतिरोध रोक्न बैठक यथाशीघ्र छिटो डाक्न अनुरोध गरेका छन् । आफ्नो दलका कारण सदन अनिश्चितकालका लागि स्थगित भएपछि छिटो सुरु गर्न सुझाव दिएको थापाले बताए ।
‘दलको कारण धेरै समय स्थगित भएको छ, अब छिटो सुरु गर्नुस् भनेको छु,’ थापाले सुनाए ।









स्वाधीन संयुक्त सरकार माग
११ औँ महाधिवेशन र ओलीको पुनरागमन
गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया