गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची

समाधान संवाददाता २०७८ वैशाख १९ गते १७:१२

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची नियुक्त भएका छन् । भाषा, साहित्य, संस्कृति, र कला अनुसन्धान, संरक्षण एवं संवर्ध्दन गर्ने हेतुका साथ गठित प्रतिष्ठानको उपकुलपति गोरे गुरुङ नियुक्त भएका छन् ।

प्रतिष्ठानमा पदाधिकारीका लागि प्रदेश सरकारले दर्खास्त आह्वान गर्दा झन्डै ६० जनाले दर्खास्त दिएका थिए । सिफारिस समितिले ३० जनाको नाम सिफारिस गरेको थियो ।

तिनैमध्येबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलपति, उपकुलपति लगायत पदाधिकारी नियुक्त गरेका हुन् । केही साताअघि नै उनीहरुको नियुक्ति भए पनि हालैमात्रै सार्वजनिक भएको हो ।

Advertisement

प्रतिष्ठानको सदस्य सचिव मनकुमार श्रेष्ठ भएका छन् । प्राज्ञ सभा सदस्यमा सुरेन्द्र गुरुङ, कृष्णप्रसाद पौडेल, डिलकुमारी पौडेल र देवी आचार्य नियुक्त भएका छन् ।

सामाजिक विकासमन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य थिए । गण्डकी प्रदेश सभाले गएको बर्खे अधिवेशनबाट ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन’ पारित गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया