३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन पैसा दिने

समाधान संवाददाता २०७८ वैशाख १९ गते १७:३३


पोखरा, १९ वैशाख


कोहिनूर इन्भेष्टमेन्ट तथा सेक्युरिटिज प्रालि (३५ नम्बर ब्रोकर)ले आफ्ना ग्राहकलाई ठूलो राहत दिने भएको छ । तत्काल पैसाको जोहो गर्नुपर्ने भएर सेयर बेचेको कम्पनीलाई जानकारी गराए उक्त ग्राहकलाई सेयर बेचेकै दिन कम्पनीले २ लाख रुपैयाँसम्म दिने जनाएको छ ।


कम्पनीले एक सूचना जारी गर्दै कम्पनीसँग आवद्ध ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालका लागि रकम आवश्यकता परेको जानकारी गराएमा २ लाख रुपैयाँसम्म सेयर बेचेकै दिन उपलब्ध गराउने जानकारी कोहिनूरका पोखरा शाखा प्रमुख खेमराज भाटले दिएका छन् ।

Advertisement


यो सुविधा कोहिनूरका ग्राहकले मात्रै पाउने छन् । आफ्ना ग्राहकको मर्मलाई ध्यानमा राखेर कम्पनीले लकडाउन अवधिभरका लागि यस्तो निर्णय गरेको हो । यस्तो बेला जतिखेर पनि पैसाको आवश्यकता पर्छ सक्छ भनेर यस्तो निर्णय गरेको कम्पनीले बताएको छ ।


सामान्य दिन सेयर बेचेको तीन दिनपछि मात्रै पैसा आउँछ । तर, अहिले विषम परिस्थिति भएकाले तत्कालै सेयर बेचेर पैसा अन्यत्र प्रयोग गर्नुपर्ने हुन सक्छ । त्यस्तो बेला उनीहरुको तत्कालको आवश्यकता टरोस् भनेर निर्णय गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया