गण्डकीमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, एकैदिन ५७६ जना

समाधान संवाददाता २०७८ वैशाख १९ गते १७:५५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा एकैदिन ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका ३६८ सहित प्रदेशभर आइतबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संख्या गण्डकी प्रदेशमा हालसम्म कोरोना पुष्टि भएको हालसम्मकै धेरै हो । यसअघि पहिलो लहरमा प्रदेशमा सबैभन्दा धेरै ३४२ जनामा कोरोना पुष्टि भएको थियो ।

Advertisement

स्याङ्जाका १०४, नवलपुरका २९, म्याग्दीका २३, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका ८, बागलुङ र मनाङका ४/४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार २२१ पुगेको छ । तीमध्ये १६ हजार ९४६ जना निको भएका छन् भने २३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया