कास्कीको निषेधाज्ञामा कडाइ, सार्वजनिक गाडी नचल्ने
समाधान संवाददाता, पोखरा
कास्कीमा जारी निषेधाज्ञामा कडाइ गरिएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश मंगलबारबाट लागु हुनेछ ।
यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको छ ।
खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।
फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।
औषधी पसल भने २४ सै घन्टा खोल्न पाइने छ ।स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
निमार्ण सामग्री ढुवानी गर्ने सवारीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न पाउने प्रजिअ गौतमले बताए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया