आइपिएलः दिल्ली शीर्ष स्थानमा

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:४०

एजेन्सी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी हुँदा पञ्जाब पराजित भएकाे छ ।

अहमदावादमा भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

Advertisement

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि कप्तान मयंक अग्रवालले ५८ बलमा सर्वाधिक ९९ तथा दविड मालनले २६ बलमा २६ रनको योगदान गरे ।

जितपछि ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरको समान सात खेलबाट समान १० अंक छ ।

Advertisement

तपाईको प्रतिक्रिया