वेगनास युवा क्लबमा निराजन

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:३७

समाधान संवाददाता, पोखरा

पोखरा ३१ मा रहेको बेगनास युवा क्लबको ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले निराजन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको अधिवेशनले बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रोशन खनाल, सचिव रामकृष्ण लामिछाने, सहसचिव सुभाष थकाली र कोषाध्यक्ष प्रकाश बराल छन् । सदस्यमा गजेन्द्र रानाभाट, नितेश लालचन, बुद्ध गुरुङ, विज्ञान कोइराला, सुजन आचार्य र सागर रानाभाट छन् ।

Advertisement

क्लबका अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कृष्णप्रसाद ढुंगाना, महेश पौडेल, केदार लामिछाने, सञ्चारकर्मी सचिन रानाभाट लगायतले क्लबले सरसफाइसँगै बेगनास क्षेत्रको विकासबारे पनि आवाज उठाउनुपर्ने सुझाव दिए ।

सभामा क्लबका कोषाध्यक्ष रामकृष्ण लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया