लायन्स अभियानको रक्तदान

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:४०

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा अभियानले शनिबार आयोजना गरेको रक्तदानमा १ सय ५५ युनिट रगत संकलन भएको छ ।

कोरना भाइरसका कारण बजारमा देखिएको रगतको अभाव केही मात्रामा कमी गर्ने उद्देश्यले लायन्स अभियानले रक्तदान आयोजना गरिएको हो ।

Advertisement

पहिलो रक्तदान अपेक्षित सफल भएको क्लबका संस्थापक अध्यक्ष विनोद ढुंगानाले बताए । सुरक्षा सावधानी अपनाएर भएको रक्तदानमा नेपाल मेडिकल काउन्सिलका बोर्ड सदस्य किशोरबिक्रम मल्लले पहिलो रक्तदाता आदर्शमोहन भट्टराईलाई बल्डब्याग हस्तान्तरण गरी रत्तदान सुरुआत गरेका थिए ।

कार्यक्रममा लायन्स क्लबका ब्लड डोनेसन डिपार्टमेन्टल चिफ बालाकृष्ण शर्मा, क्लबका सचिव नन्दप्रसाद पोखरेल र निर्वाचित प्रथम उपाध्यक्ष कृष्ण लम्साल लगायतले रत्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया