बार्साकाे संघर्षपूर्ण जित, दुवै मड्रिडलाई खतरा

समाधान संवाददाता २०७८ वैशाख २० गते ८:०५

एजेन्सी

सिजनको अन्तिम चरणका खेल नजिकिँदै जाँदा आफूलाई पनि उपाधि दाबेदारका रुपमा कायम राखेको बार्सिलोनाले संघर्षपूर्ण जित दर्ता गरेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को जित दर्ता गरेको हो ।

Advertisement

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफमा समग्रमा पाँच गोल भएको हो । बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

भ्यालेन्सियाका लागि गाब्रिएल र कार्लोस सोलेरले एक–एक गोल गरेका हुन् । ५० औँ मिनेटमा गाब्रिएल र ८३ औँ मिनेटमा सोलेरले गोल गरेका थिए ।

Advertisement

बार्सिलोनाका लागि मेस्सीले ५७ र ६९ औँ तथा ग्रिजम्यानले ६३ औँ मिनेटमा गोल गरेका हुन् । दुई गोल गरेका मेस्सीले पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

जितपछि तेस्रो स्थानको बार्सिलोनाको ३४ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिड समान अंक छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिड दुई अंकले अघि रहेको छ ।

बार्सिलोनाले आउँदो शनिबार महत्वपूर्ण खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया