इन्टर मिलानललाई ११ वर्षपछि घरेलु लिगको उपाधि
समाधान संवाददाता
२०७८ वैशाख २० गते ८:३८

एजेन्सी
इटालियन फुटबल क्लब इन्टर मिलानले ११ वर्षपछि घरेलु लिगको उपाधि जितेको छ ।
दोस्रो स्थानमा रहेको एट्लान्टाले आइतबार राति भएको खेलमा सासुओलोसँग १–१ को बराबरी खेलेपछि इन्टर मिलानले चार खेल बाँकी हुँदै सिरी ए को उपाधि पक्का गरेको हो ।
शनिबार राति भएको खेलमा क्रोतोनेलाई पराजित गरेको इन्टर मिलानले १३ अंकको अग्रता कायम गरेको छ र बाँकी चारै खेलमा पराजित भए पनि उसलाई कुनै पनि टिमले उछिन्न सक्ने छैनन् ।
इन्टर मिलानले सन् २०१० पछि पहिलोपटक उपाधि जितेको हो भने उसले विगत ९ सिजनदेखि लगातार उपाधि जित्दै आएको युभेन्टसको क्रम पनि भंग गरेको छ ।
जोसे मोरिन्होको प्रशिक्षणमा इन्टर मिलानले पछिल्लो पटक सन् २०१० मा सिरी ए तथा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । अहिले एन्टोनिओ कान्तेको प्रशिक्षणमा इन्टर मिलानले उपाधि जितेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया