लुम्बिनीका २ स्वतन्त्र सांसद एमालेमै

समाधान संवाददाता २०७८ वैशाख २० गते १२:३५

बुटवल

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्।

Advertisement

यसअघि आइतबार यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका थिए। यीनीहरूमध्ये एक जना हृदयेश त्रिपाठी र अर्को वृजेशकुमार गुप्ता समूहका सांसद हुन्। दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

’हाम्रो शंकर पोखरेलको नाममा असहमति हो’, सांसद श्रीवास्तवले हिजो भनेका थिए, ’मैले र अजय शाहीले राजीनामा दिएका छैनौं। हाम्रो शंकर पोखरेलको नाममा सहमति छैन।’

Advertisement

उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक समूह उल्लेख गर्ने गरेको बताएका थिए।

’आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैन’, उनले भने, ’हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो,’ उनले भनेका थिए।

तपाईको प्रतिक्रिया