३ सांसदलाई ओलीले सोधे स्पष्टिकरण

समाधान संवाददाता २०७८ वैशाख २० गते १५:५२

समाधान संवाददाता, काठमाडौँ

नेकपा एमाले नेता माधवकुमार नेपाल समूहका ३ सांसदसँग स्पष्टीकरण सोधका छन् ।

पार्टी अध्यक्ष ओलीको निर्देशनमा पार्टी केन्द्रीयका कार्यालयमा सचिव शेरबहादुर तामाङले ३ सांसदलाई स्पष्टीकरण सोधका हुन् ।

Advertisement

तामाङले गंगा चौधरी, समीना हुसेन र कलिला खातुनलाई स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

यस अघि वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ नेतालाई ओली समूहले इमेलमार्फत स्पष्टीकरण दिन पत्र पठाएको थियो । फेसबुक म्यासेन्जरमार्फत उनीहरुसँग स्पष्टिकरण सोधिएको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया