सभामुखले पाँचै दलका नेतासँग छलफल गर्ने

समाधान संवाददाता २०७८ वैशाख २० गते १५:५७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको अर्को बैठक अझै लम्बिने भएको छ ।

सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले सबै दलको नेताको बैठकले मात्र टुंगो लगाउने निर्णय भएको छ ।

Advertisement

‘अब संसद कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । सबैले आआफ्नो कुरा राख्यौं । सभामुखले भोलि सबै दलका नेतासँग कुरा गरेपछि बैठकको मिति आउँछ, कांग्रेस सांसद कुमार खड्काले भने ।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस अविश्वास प्रस्तावमाथि मतदान हुने दिनमै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि १५ वैशाखमा सभामुखले संसद बैठक अर्को सूचना नआउँदासम्म स्थगित गरेका थिए ।

Advertisement

जनमोर्चा सचेतक पियारी थापाले सांसद शाहीको अवस्था सार्वजनिक नहुँदासम्म संसद रोक्न माग गरेकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले संसद स्थगित गरेका थिए ।

१५ वैशाखमा सभामुखले संसद बैठक स्थगित नगरेको भए अविश्वास प्रस्ताव फेल हुने पक्का थियो ।

जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा अविश्वास प्रस्ताव ल्याएका कांग्रेस, माओवादी, जसपा र प्रस्तावलाई समर्थन गरेको जनमोर्चाका सहित ३० सांसद हुन्थे । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ ।

तपाईको प्रतिक्रिया