बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

समाधान संवाददाता २०७८ वैशाख २० गते १६:२९

रासस, तनहुँ

व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहे भोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् ।

बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसै कसैलाई ज्वरो आउने लगायतका लक्षण देखिएको बताइएको छ ।

Advertisement

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए ।

चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए ।

Advertisement

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले बताए ।

नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया