प्रदेश प्रमुख शेरचनलाई पदमुक्त गर्न सिफारिस
समाधान संवाददाता
२०७८ वैशाख २० गते १६:४८

काठमाडौं ।
सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
माओवादी निकट शेरचनलाई पदमुक्त गरी सीता पौडेललाई नियुुक्त गर्न सिफारिस गरिएको छ । सुदुरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गरिएको जनाइएको छ ।
उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया