को हुन् प्रदेश प्रमुख नियुक्त भएकी पौडेल ?

समाधान संवाददाता २०७८ वैशाख २० गते १७:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरेर सरकारले सीता पौडेललाई पदमा नियुक्त गरेको छ । माओवादी निकट शेरचनलाई हटाएर ओली निकट पौडेललाई पदमा नियुक्त गरिएको हो ।

सीता पौडेल नेपाली कम्युनिस्ट आन्दोलन कि अगुवा हुन् । उनी चितवनबाट एमालेकी उम्मेदवार पनि थिइन् । अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाकार विज्ञ समूहमै छिन् । पोखरामा भएको अखिल नेपाल महिला संघकाे महाधिवेशनाट विद्या भण्डारी अध्यक्ष हुँदा पौडेल महासचिव थिइन् ।

Advertisement

‘उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उहाँले नेतृत्व नै गर्नुभएको थियो,’ प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने, ‘पौडेललाई गण्डकी प्रदेश प्रमुख बनाएर प्रधानमन्त्रीले न्याय गर्नुभएको छ ।’ नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लागेकी थिइन् । उनको परिवार नै राजनीतिमा सक्रिय रहेको सांसद अधिकारीले जानकारी दिए ।

अविवाहित रहेकी पौडेल एमालेको केन्द्रीय सदस्य थिइन् भने भूमिगत कालदेखि नै सक्रिय महिला नेतृ रहेको गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया