पदमुक्त अमिक शेरचनले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने

समाधान संवाददाता २०७८ वैशाख २० गते १८:२३


समाधान संवाददाता–

मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेका गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । शेरचनलाई पदमुक्त गरी सोमबार सीता पौडेललाई नियुक्त गरिएको छ ।


पदमुक्त हुँदा निवासमै रहेका शेरचनले तत्काल कुनै पनि धारणा नराख्ने बताएको निजी सचिव गगन थापाले जानकारी दिए । ‘आधिकारिक जानकारी आइसकेको छैन । हतारमा कुनै धारणा नराखौं भन्नुभएको छ,’ निजी सचिव थापाले भने, ‘मंगलबार बिहान पत्रकार सम्मेलन गरी धारणा राख्ने तय भएको छ ।’ गण्डकी प्रदेशमा बाबुराम कुँवर पदमुक्त भएपछि माओवादी केन्द्र निकट शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

Advertisement

नवनियुक्त प्रमुख पौडेल लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी महिला हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार समेत रहेकी सीता पौडेल अखिल नेपाल महिला संघकी अध्यक्षसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया