सरुवा गर्नुस्, तर नहटाउनुस् भनेर फर्किएको थिएँ

समाधान संवाददाता २०७८ वैशाख २१ गते १७:५०

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरे । २०७६ साल कात्तिकमा तत्कालीन नेकपामा माओवादीतर्फबाट नियुक्त अमिक शेरचन र शर्मिला त्रिपाठीलाई हटाएर आफूनिकटलाई प्रदेश प्रमुख बनाइएको छ ।

गण्डकी प्रदेशमा विशेष अधिवेशन चलिरहेकाले आफू अनुकुलका निर्णय गराउन एमाले नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाइएको विपक्षी दलको तर्क छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफू हटाउने पक्षमा नरहेको र प्रधानमन्त्रीलाई समेत आग्रह गरेको बताउँछन् । ‘हाम्रो प्रदेश प्रमुखलाई फेर्नुपर्ने कुनै कारण छैन, नफेर्दिनुहोला । बरु तपाईंलाई मन लागे अरु प्रदेशमा सरुवा गरे हुन्छ नि भनेर आएको हो मैले,’ मुख्यमन्त्री गुरुङले भने ।

Advertisement

प्रस्तुत छ मुख्यमन्त्री गुरुङसँग समाधानकर्मी अनुप पौडेलले गरेको संक्षिप्त कुराकानीः

प्रदेशमा अविश्वासको प्रस्ताव टुंगो नलाग्दै प्रदेश प्रमुख फेरिएको छ । बाहिर आलोचना भइरहेको छ । यसमा यहाँको प्रतिक्रिया के छ ?

Advertisement

अहिले मुलुकमा केपी ओलीले सुन फलाए पनि आलोचना हुनेबेला छ । राम्रो/नराम्रो कामका लागि गरे पनि आलोचना गरिएको छ । बाहिर यसमा के आलोचना भइरहेको छ भन्नेमा मेरो कुनै प्रतिआलोचना छैन, कुनै टिप्पणी छैन ।

व्यक्तिगत हिसाबले अमिक शेरचनजी मेरो आदरणीय दाइ हो । आन्दोलनको पनि नेता मान्छे, धेरै दुःख गरेको, जेलनेल भोगेको, कुटाइ खाएको व्यक्तिलाई नहटाइदिए हुन्थ्यो भन्ने थियो । उहाँ त्यस्तो जालझेल गर्ने, यताउता गर्ने मान्छे पनि होइन । उहाँको के ठूलो भूमिका हुन्थ्यो र यसमा (विशेष अधिवेशनमा) ।

केही दिन पहिला काठमाडौँ जानुभएको थियो । यो विषयमा कुरा भएन ?

विशेष अधिवेशनको सन्दर्भभन्दा पनि राष्ट्रिय राजनीतिको सन्दर्भ जोडेर कमरेड प्रचण्डको, माथिको नेताबीचको जुन तिक्ततापूर्ण सम्बन्ध छ नि त्यसकै कारण हो भन्ने लाग्छ । मैले अस्ति पनि भनेर आएको हो – हाम्रो प्रदेश प्रमुखलाई फेर्नुपर्ने कुनै कारण छैन, नफेर्दिनुहोला । बरु तपाईंलाई मन लागे अरु प्रदेशमा सरुवा गरे हुन्छ नि भनेर आएको हो मैले ।

लुम्बिनी प्रदेशको घटनाले तरंग ल्याएको छ । यहाँ अविश्वासको प्रस्ताव छिनोफानो नगरी विशेष अधिवेशन अन्त्य हुन्छ भन्ने कतिपयको शंका छ । फेस गर्नुहुन्छ कि के हुन्छ ?

अविश्वास प्रस्ताव राखेर यो मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने साथीहरुको काम हो । यहाँ उहाँहरुको छोटो राजनीतिक पूर्वाग्रह, रिसइबीको कारणले गरेको कामको प्रतिफल उहाँहरुले भोग्नुपर्छ ।

कसैको डिजाइनमा मुलुकमा अस्थिरता ल्याउने, संघीयतालाई असफल हो भन्ने पार्न खोज्ने, केन्द्र सरकारलाई हटाउन नसकेर प्रदेशमा सँुढ घुसार्ने काम ग¥यो । यो अत्यन्त संघीयता विरोधी काम हो ।

यो प्रदेशमा, प्रदेश सभामा संघकै सुँढ घुसार्ने, संघकै नियन्त्रण कायम गर्ने ढंगले जसरी चाल्नुभएको छ यसलाई इतिहासले मूल्यांकन गर्छ । बेलैमा सद्बुद्धि पलाए सबैको कल्याण हुन्छ ।

गण्डकी प्रदेश सभा कसरी चलाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । तपाईं दलको नेता पनि हुनुहुन्छ, कसरी अगाडि बढ्नुहुन्छ ?

यति चाँडै वार्ता गर्न किन हतार गर्ने ? उहाँ (सभामुख)ले अनिश्चितकालीन बन्द गर्नुभयो, पक्षपातीपूर्ण निर्णय गरेको, कार्यसूची तय भएपछि त्यो सक्नुपर्ने उहाँले । एउटा कोणबाट भन्नुपर्दा त्यो अविश्वास प्रस्तावको औचित्य नै सकियो ।

त्यसको समापन गर्ने जुन कार्यक्रम थियो त्यो नगरी उहाँ भागेर गैरजिम्मेवार, कुनै पार्टीलाई जोगाउन सभामुखजस्तो व्यक्तिले गरेको काम निन्दनीय छ, भत्सर्नायोग्य छ, खण्डनीय छ । त्यसकारण सभालाई सञ्चालन कसरी गर्ने भन्ने उहाँको भूमिकामा भर पर्छ । पार्टीहरुबीच कसरी कुराकानी गर्नुहुन्छ ।

सभामुखले दलका नेताहरुसँग छलफल गर्ने भन्नुभएको छ । तपाईं के भन्नुहुन्छ ?

मैले उहाँलाई भनेको छु –कसैको स्वार्थका लागि आवश्यक थियो, त्यो नभएका कारण तपाईंले जुन काम गर्नुभयो, सांसद हरायो भनेर प्रदेश सभा स्थगित गर्नुभयो ।

अब हरेक पटक एउटा–एउटा सांसद नआउनसक्छ । अब तपाईंको कार्यकालभर प्रदेश सभा बस्न नसक्ने नजिर तपाईंले स्थापित गरेको हुनाले गल्ती गर्नुभएको छ । यसमा उहाँले माफी माग्नुप¥यो दलको नेतासँग ।

मान्छे हरायो भने त्यो कुरा दलको मान्छेले सरकारलाई, सिडिओलाई, प्रहरीलाई भन्नुप¥यो खोजिदिन प-यो भनेर । त्यो सचेतकले भन्ने कि दलको नेताले ? सभामुखले यति घृणित काम गर्नुभएको छ कि यसको क्षमा गर्ने ठाउँ नै छैन ।

तपाईको प्रतिक्रिया